दुर्गेशले एसइई परीक्षाभर साङ्गीतिक कार्यक्रम नगर्ने



काठमाडौं – लोकप्रिय गायक दुर्गेश थापाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि साङ्गीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । उनले परीक्षामा सहभागी विद्यार्थीहरूको पढाइमा असर नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिएका हुन् ।

दुर्गेशले एक वक्तव्यमार्फत विद्यार्थीहरूलाई सम्बोधन गर्दै भनेका छन्, “प्रिय भाइबहिनीहरू, परीक्षा भनेको केवल अङ्क ल्याउने माध्यम मात्र होइन, यो मेहनत र इमानदारीको परीक्षा हो । आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्नुहोस् । मलाई विश्वास छ, सबै जनाले असल नतिजा ल्याएर हाम्रा अभिभावक, शिक्षक र देशलाई गर्व गराउनुहुनेछ ।”

उनले थपे, “पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरहरूकै हातमा छ, यसलाई मजबुत बनाउनुहोस्। एसइई परीक्षा दिनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई मनैदेखि शुभकामना ।”

दुर्गेश थापालाई पछिल्लो समय मेला महोत्सवमा निकै रुचाइने गरेको छ । विद्यार्थीले पढाई छोडेर महोत्सवमा आउन थालेपछि उनले यो कदम चालेका हुन् । यो कदमपछि उनको प्रशंसा गरिएको छ । थापाको पछिल्लो गीत ‘दुस्मन हेरेको हेऱ्यै’ ग्लोबल ट्रेन्डिङमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu