कृष्ण कार्कीको गीत ‘जुनेली रात’ सार्वजनिक



काठमाडौं – गायक कृष्ण कार्कीले ‘जुनेली रात’ सार्वजनिक गरेका छन् । यसअघि ‘घरबार’ गीतबाट चर्चामा आएका कृष्णले यो गीतबाट पनि दर्शक तथा श्रोताको मन जित्ने आशा व्यक्त गरेका छन् ।

गीतमा सन्दीप कार्कीको शब्द र सुन्दर मगरको सङ्गीत रहेको छ । गीतमा एक युवकले आफूले मन पराएको युवतीप्रतिको भावना व्यक्त गरेको छ । गीतको भिडियोमा सन्दीप बाबु लोहनी र समिया कार्कीले अभिनय गरेका छन् । भिडियोमा समियालाई देखेर लोभिएका सन्दीपको प्रेम भावलाई प्रस्तुत गरिएको छ ।

राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई रामकुमार केसी र सङ्कल्प भुजेलले छायाङ्कन गरेका हुन् । सुप्रिम पराजुलीले रङ्ग संयोजन र विवेक सुनारले सम्पादन गरेका हुन् । 

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu