‘आउटलः दफा २१९’मा रहेको भिटेनको गीत ‘हामी यस्तै त होनी ब्रो’ युट्युबमा



काठमाडौं – र्‍यापर भिटेनको नयाँ गीत ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक भएको छ । यो गीत चलचित्र ‘आउटलः दफा २१९’को लागि तयार पारिएको हो । चलचित्र प्रदर्शनमा आएको पाँच दिनपछि यो गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार सोनु लागुन, सुमन भण्डारीलगायतलाई देख्न सकिन्छ । डिस्कोको माहौलमा खिचिएको भिडियोले युवा पुस्ताको जीवनशैलीलाई चित्रण गर्छ । चलचित्र निर्माण पक्षले भिटेनसँग यो गीतको अधिकार किनेर चलचित्रमा प्रयोग गरेको हो ।

विक्की महर्जनद्वारा लिखित र निर्देशित यो चलचित्रमा अमित अग्रहरी र निशा गुइडेको लगानी रहेको छ । चलचित्रको पटकथा विक्की महर्जन र दीर्घ धामीले लेखेका हुन् भने नवीन गुरुङले छायाङ्कन गरेका हुन् । चुल्ठे काजीको एक्सन रहेको यो चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रदर्शनमा आएदेखि नै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले पाँचौँ दिनसम्म पनि राम्रो व्यापार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu