‘आउटलः दफा २१९’को चार दिनको कलेक्सन कति ?



काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र ‘आउटलः दफा २१९’ ले बक्स अफिसमा दर्शकको राम्रो साथ पाइरहेको छ । एक्सन र सामाजिक कथामा आधारित यो चलचित्रले न्यायको विषयलाई उठान गरेको छ, जसलाई दर्शकले मन पराएका छन् ।

चलचित्र प्रदर्शनको पहिलो चार दिनमा २ करोड ३ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथावस्तु, प्रस्तुति र मेकिङलाई दर्शकले निकै रुचाएका छन् । चलचित्रका नायक सुशील श्रेष्ठले पनि दर्शकको मायाले चलचित्रले राम्रो कमाई गरिरहेको बताएका छन् ।

विक्की महर्जनको निर्देशनमा बनेको यो चलचित्रलाई अमित अग्रहरीले निर्माण गरेका हुन् । चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu