‘कर्मा’ टिजर: विपिन कार्कीको एक्सन अवतार, मुकुनको फरक अन्दाज



काठमाडौं – चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वजनिक गरेको हो । एक्सन र भावनाको मिश्रण रहेको टिजरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ ।

टिजरको सुरुवातमा विपिन कार्कीले गरेको एक्सनले दर्शकलाई रोमाञ्चित बनाएको छ । ‘जे जान्छ, त्यो घुमेर आउँछ’ भन्ने उनको संवादले चलचित्रको कथालाई रहस्यमय बनाएको छ । विपिनको एक्सन अवतारसँगै उनको भावनात्मक पक्ष पनि टिजरमा देखाइएको छ । पारिवारिक कथामा आधारित चलचित्रमा विपिनले आफ्नो परिवारको लागि एक्सन गरेको सङ्केत टिजरले दिएको छ । टिजरमा अभिनेता मुकुन भुसाललाई फरक अन्दाजमा प्रस्तुत गरिएको छ ।

टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारहरूको पनि चलचित्रमा अभिनय रहेको छ ।

‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले ‘कर्मा’को निर्देशन गरेका हुन् । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपिन कार्कीको पहिलो एक्सन चलचित्र हो । यसअघि उनले ‘अगस्त्य: च्याप्टर १’ निर्देशन गरिसकेका छन् ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ ।

ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

चलचित्रमा भास्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

केही समयअघि सार्वजनिक भएको चलचित्रको पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको थियो ।

टिजर:

Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu