
काठमाडौं – लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायाङ्कनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्ने भएका छन् । होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ ।
एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को पहिलो लुक पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो लुकमा चलचित्रका ४ मुख्य पात्रलाई स्थान दिइएको छ ।
नवनायक अशोक आर्यन, वरिष्ठ अभिनेता सुनिल थापा, वरिष्ठ अभिनेता सुशील पोखरेल, अफ्सना थापा र रोहित रुम्बा चलचित्रमा अनुबन्धित भइसकेका छन् । चलचित्रका लागि मुख्य नायिकाको खोजी भइरहेको निर्माण टोलीले जनाएको छ ।
चलचित्र चैत दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ । रन्धिर श्रेष्ठकै छायाङ्कन रहने यस चलचित्रमा द्वन्द्व सम्राट बस्नेतको रहनेछ । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको चलचित्रको सह-निर्माता ध्रुवराज पराजुली रहेका छन् । ईश्वर वल्लभ उप्रेती कार्यकारी निर्माता हुन् ।