
काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा नयाँ वर्ष २०८२ को उत्सवको माहौल सुरु भैसकेको छ । नयाँ वर्ष लक्षित गरी तीन चलचित्रहरू ‘पिताम्बर’, ‘कर्मा’ र ‘नरसिंहा: अवतार’ रिलिजको तयारीमा छन् । यसैबिच, बिहीबार चलचित्र ‘पिताम्बर’ युनिटले होलीको विशेष कार्यक्रम गरेको छ । यसका कलाकारहरू प्रदीप खड्का, दिव्य देव र सुपुष्पा भट्ट तथा निर्देशक कृषा चौलागाईं तथा निर्माताहरुले पत्रकारहरूसँग फागु मनाए ।
यस चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराई जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ । यसका साथै आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) जस्ता बाल कलाकारहरूले पनि आफ्नो प्रतिभा देखाएका छन् ।

कृषा चौलागाईंको निर्देशनमा बनेको यस चलचित्रलाई विशाल चौलागाईंले निर्माण गरेका हुन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माताको रूपमा रहेका छन् । सुमन गौतम कार्यकारी निर्माता हुन् । चलचित्रको कथा प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्, भने छायाङ्कन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् । बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको सङ्गीत तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ ।