ठुलोपर्दा डटकम, हेटौंडा । छवि राज प्रोडक्सनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हवल्दार सुन्तली’को सुटिङ सोमवारदेखी सुरु भएको छ। सोमवार यो चलचित्रको लागी मकवानपुरको हैटौंडामा पहिलो दृश्य क्यामेरा कैद गरियो । चलचित्रलाई निर्देशक ऋषी लामिछानेले ‘एक्शन कट’ गर्दैछन ।
जेठ महिनाको गर्मी को कुनै प्रवाह विना नै यो चलचित्रको निर्माण युनिट सुटिङको लागी हेटौडा पुगेको थियो । चलचित्र ‘हवल्दार सुन्तली’मा ‘लज्जा’ डेब्यु नायिका शिल्पा पोखरेल सुन्तली बन्दैछिन भने उनलाई अपोजिशनमा किशोर खतिवडा र सविन श्रेष्ठले साथ दिँदैछन ।
हेटौंडामा नै आउँदो दश दिनसम्म चलचित्रको छायांकन गरिने निर्माता छविराज ओझाले जानकारी दिए । एक्सन श्रेणीको यस चलचित्रको छायांकनको सुरुवात गीतबाट गरियो । यो चलचित्रमा नृत्य निर्देशन कविराज गहतराजको छ ।