नर्स भन्दा बढी गीतकारको रुपमा परिचित सुम्निमा



तिमिलाई आफनो बनाउने चाह साट्न सक्दिन म
तिमि विना जिन्दगीमा केहि आटन सक्दिन म
तिमिलाई आफ्नो नबनाइकन मरे भने पनि
स्वर्गमा पनि तिमि बाहेक बाँच्न सक्दिन म

[dropcap]गी[/dropcap]तिसंग्रह ‘सुम्निमा’ को एक टुक्का हो यो । यतिखेर बजारमा चर्चित यो गीतका शब्दकार हुन् सुम्निमा राई । खोटाङ चिप्रिङ् स्थायी घर भइ हाल काठमाडौँ काँडाघारी बस्ने राई अहिले नर्सिङ पेशामा भएपनि अरुको गीत सुन्दा म पनि गीतकार हुन्छु भन्ने अठोट र गीत संगीतमा सानैदेखिको चासोले अहिले गीतकारको रुपमा स्थापित छिन् ।

sumnima

उनी हाल टेकु जनस्वास्थ्यमा कार्यरत छिन् । तर, उनी नर्स भन्दा बढी गीतकारको रुपमा परिचित छिन् । सयौं गीतहरु रचना गरेर अब धमाधम रेकर्डिङमा जुटेकी राईमा प्राय गीत मायाप्रेममा आधारित छन् । त्यसो त एक दर्जन भन्दा बढी राष्ट्रिय गीत पनि कोरेकी छिन् उनले । ‘गीत लेखन सिर्जना हो आफ्ना गीत तयार हुँदा र दोहोराएर पढ्दा रमाइलो लाग्छ’ उनले ठूलोपर्दा डाकमसँग भनिन् ।

उनकै रचना पछिल्लो समय ‘तिमिलाई आफनो बनाउने चाह साट्न सक्दिन म’ बोलको चर्चित गीत म्यूजिक प्लसबाट बजारमा आएको ‘सुम्निमा’ एल्बमको यो गीतमा दिपक शर्माको संगीत रहेको छ भने गीतका गायक हुन् कृष्ण काफ्ले ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu