
काठमाडौं – लोकप्रिय सङ्गीतकर्मी शिखर सन्तोषको स्वरमा रहेको हिन्दी गीत ‘मेरा मुड नहि है’ यति बेला भारतमा भाइरल बनेको छ । उक्त गीतमा भारतीय कलाकार मोनालिसाले गरेको नृत्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।
प्रयागराज महाकुम्भबाट चर्चामा आएकी मोनालिसाले रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सवमा शिखर सन्तोषको आग्रहमा उक्त गीतमा नृत्य गरेकी थिइन् । शिखर सन्तोषले उनलाई आफ्नै निवासमा पुगेर महोत्सवसम्म ल्याएका थिए ।
शिखर सन्तोष र बलिउड गायिका सिरषा भागतुल्यको स्वर रहेको यो गीतलाई शिखर सन्तोषले नै सङ्गीतबद्ध गरेका हुन् भने सञ्जय धूपा मिश्रले यसका शब्दहरू लेखेका हुन् । रिकेश गुरुङले सङ्गीत संयोजन गरेको यो गीत एक वर्षअघि मुम्बईमा रेकर्ड गरिएको थियो ।
शिखर सन्तोषले मोनालिसाको नृत्यको भिडियो भारतमा भाइरल भइरहेको बताएका छन् । उनले भने, “मदानी महोत्सवको भिडियो कसैले रिल्स बनाएर अपलोड गर्नुभएको रहेछ । अहिले यो भिडियो धेरैले शेयर गरिरहेका छन् । मोनालिसाको नृत्यसँगै हाम्रो गायकीको पनि प्रशंसा भइरहेको छ ।”
शिखर सन्तोषले यस गीतको औपचारिक म्युजिक भिडियो निर्माण गर्ने योजना बनाएका छन् । भिडियोमा मोनालिसालाई नै डेब्यु गराउने तयारी भइरहेको उनले बताए ।
भिडियो: