
काठमाडौं – रघुजी फिल्म्सले निर्माण गर्ने नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन आज खुला गरिएको छ । ४ देखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित यो प्रतियोगितामा भाग लिन इच्छुकले मोबाइलबाट बढीमा २ मिनेटको कमेडी भिडियो खिचेर पठाउन सक्नेछन् ।
सहभागीले एकल वा समूहमा कमेडी प्रस्तुति दिएर तयार पारेको भिडियो ह्वाट्सएप र भाइवर (9702091421) वा इमेल ठेगाना (comedykids.npl@gmail.com) मार्फत पठाउन सक्नेछन् । अडिसन भिडियो पठाउँदा नाम, ठेगाना, र सम्पर्क नम्बर अनिवार्य राख्नुपर्ने जनाइएको छ । आयोजकका अनुसार, छानिएका प्रतिस्पर्धीलाई फिजिकल अडिसनका लागि बोलाइनेछ, जहाँबाट उत्कृष्ट प्रतिभाहरूलाई रियालिटी शोमा सहभागी गराइनेछ ।
रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटा का अनुसार, ‘कमेडी किड्स’ नेपालकै पहिलो बाल हास्य रियालिटी शो हुने छ । कार्यक्रमको निर्देशन सन्तोष खनाल ले गर्नेछन् भने जुरी टिम र अन्य टिमको घोषणा छिट्टै गरिने आयोजक टिमले जनाएको छ ।
शो राष्ट्रिय टेलिभिजन बाट प्रसारण गरिनेछ, जसको डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनर ओएसआर कनेक्ट रहेको छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।