विद्यार्थीहरूको रोजाइमा ‘रङ्गी’



काठमाडौं – फागुन २ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रङ्गी’ ले हलमा दर्शकको मन जितिरहेको छ । दोस्रो हप्तामा चलिरहेको यो सिनेमाले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । विशेष गरी विद्यार्थीहरूले चलचित्र हेरेर आफ्ना बुबाको प्रेम सम्झेको र भावुक भएको बताएका छन् ।

चलचित्रमा बालबालिकादेखि वृद्धसम्मका दर्शकहरू भावुक भएको दृश्य हलमा देख्न सकिन्छ । बुबा र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको यस चलचित्रले सबै उमेरका दर्शकको मनमा गहिरो छाप छोडेको छ ।

सुरेश न्यौपानेले निर्देशन गरेको ‘रङ्गी’ मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहेको छ । सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको यो सिनेमाले दर्शकको माया पाइरहेको छ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतमले निर्माण गरेको यस सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत रहेको छ । आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजाता केसीले गीतमा स्वर दिएका छन् भने दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले शब्द लेखेका छन् ।

बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवल मान सिंह बस्नेतको प्रोडक्सन रहेको यस सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu