ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजेश हमालले बिहे नगरी आफुले पनि नगर्ने बताउँदै उमेर ढल्काउँदै बसेका नायक श्रीकृष्ण श्रेष्ठले बिवाह गर्ने भएका छन् । उनले नायिका स्वेता खड्कासँग लगन जुराउने भएका हुन् । जतिबेला ‘कहाँ भेटिएला’ चलचित्र बन्यो त्यतिबेला देखी नै श्री-स्वेताको जोडी जमेको थियो ।
स्वेता स्टारर सोहि एक चलचित्र मात्र रिलिज भएको छ । दोश्रो चलचित्रको श्रीकृष्णको होम प्रोडक्शनमा ‘कोहिनुर’ रिलिजको क्रममा छ । जसमा श्री-स्वेताको नै जोडी छ ।
स्वेतासँग लामो समयदेखी काम गरेको र व्यापार पनि साथै गरेकोले सबै कुरा मिल्न आएको श्रीकृष्ण बताउँछन् । एक अनलाइन पोर्टलसँग कुरा गर्दै श्रीले यसै बर्षभित्र हुन लागेको बिवाह सामान्यरूपमा सम्पन्न गर्ने बताएका छन् ।
‘कोहिनुर’ प्रदर्शनको आसपासमा बिहे हुने योजना श्रीले बनाएका छन् । साउन २३ मा ‘कोहिनुर’ प्रदर्शन हुँदैछ ।