‘एक्लो’ को क्यारेक्टर पोस्टरमा सुरज सिंह ठकुरीको डरलाग्दो रूप



काठमाडौं – नेपाली फिचर चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको चलचित्रका मुख्य पात्र मध्ये एक सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन् । उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । उनको यो लुक्सले चलचित्र ‘एक्लो’ को अझै कौतूहल थपिएको छ । चलचित्र केही फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन् ।

चलचित्रका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेस्रो निर्देशकीय चलचित्र हो । लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेको जनाएका छन् । हाल यसको लन्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । चलचित्रको सम्पूर्ण कार्य सकिए पश्चात् मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए ।

यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिस श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu