ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एकताका सबैभन्दा बढि चलचित्र निर्देशन गर्ने व्यक्तिको रुपमा शोभित बस्नेत गनिन्थे । त्यतिबेला उनलाई फुर्सद थिए । अहिले उनले चलचित्र निर्देशनमा सन्यास लिँदै फेरी तोड्दै फाट्ट चलचित्र निर्देशन गर्दै आएका छन् । उनले बर्षमा एउटा चलचित्र पनि ल्याएका छैनन् तर फुर्सद भने छैन । पहिले भन्दा व्यस्त छन् । आफ्नो बारेमा सोच्ने मौका समेत पाउँदैनन्, तर कसरी ?
जतिबेला व्यस्त निर्देशनमा शोभित थिए त्यतिबेला एक बाल कलाकारको चर्चा थियो । त्यहि बाल कलाकार जसले आज अर्को सफलता पाईसकेको छ । शोभितका छोरा सलोन यतिबेला नायक बनिसकेका छन् । होस्टेल चलचित्रबाट कमब्याक सलोनले अहिले एकै दिनमा तीनवटा चलचित्रको शुटिङ् भ्याउँछन् । उनै सलोनलाई कलाकार बनाउने पिता शोभितले छोराको स्याहार गरेर अझै सकेका छैनन् । शोभितलाई अहिले फुर्सद नहुनुमा सलोनकै कारण हो ।
छोराको समयतालिकालाइ ख्याल गर्दैमा फुर्सद छैन उनलाई । ‘म त छोराको म्यानेजर हुँ नि, तालिका मिलाउदा मिलाउदै मेरो काम गर्न समेत पाउँदिन’ शोभित भन्छन्, ‘कष्टपुर्ण शुटिंगमा पनि सलोनको धैर्यताले मन प्रसन्न हुन्छ’ ।
शोभितले एकै दिनमा तीनवटा चलचित्रको छायांकनमा समय दिन समेत परेको बताउँछन् । एकैपटक छायांकन हुँदा सेट मिलाउँदै गर्दा अर्को ठाउँमा भ्याएर आउन परेको समेत उनले बताए । अब सँधै छोराकै म्यानेजर भएर बस्ने चाहना रहेको शोभितले बताए ।
यतिबेला शोभितको निर्देशनमा तयार ‘जाउँ हिड पोखरा’ रिलिजको पर्खाईमा छ ।