नेपाली कलाकार राउतद्वारा न्युयोर्कको एक्स्पोनेन्सियल ज्याक फेस्टिभलमा बहुभाषिक ‘टङ्स’ डकुमेन्ट्रीमा प्रस्तुति



नेपाली कलाकार ओम राज राउतले संयुक्त राज्य अमेरिकाको न्युयोर्कको एक्स्पोनेन्सियल ज्याक फेस्टिभलमा ‘टङ्स’ नामक बहुभाषिक डकुमेन्ट्री प्रोजेक्टमा आफ्नो प्रस्तुति दिएका छन् । जनवरी २४ मा साँझ ७:३० बजे, र जनवरी २५ मा दिउँसो ३:०० बजे र साँझ ७:३० बजे उनले प्रस्तुति दिएका हुन् ।

‘टङ्स’मा राउतसहित चीन, मङ्गोलिया र हङकङका कलाकारहरूको सहभागिता रहेको थियो । यो बहुभाषिक थिएटर शोमा पाँच विभिन्न देशका कलाकारहरूले आफैँले लेखेका प्रस्तुतिहरू पाँच फरक-फरक भाषामा प्रस्तुत गरेका हुन् । राउतले यसमा नेपालको प्रतिनिधित्व गरेका हुन् ।

‘टङ्स’मा अन्य एसियाली मूलका कलाकारहरूसँग मिलेर दैनिक जीवनका क्षणहरूको पुनः कार्यान्वयन, दुई भाषाबीचको जीवन यात्रा र त्यसबाट उत्पन्न हुने व्यक्तिगत अनुभवहरूलाई मञ्चमा प्रस्तुत गरेको बताइएको छ ।

पछिल्लो १० वर्षदेखि न्युयोर्कको थिएटर क्षेत्रमा सक्रिय रहेका राउतले आफ्नो अभिनयबाट नेपाल र यसको विविध संस्कृतिलाई विभिन्न नाटकहरूमा प्रस्तुत गरेका छन् । उनको काम अफ-ब्रडवे, मरियन एण्डरसन थियेटर र बीएमसीसी ट्रिबेका परफर्मिङ सेन्टरमा पनि देख्न सकिन्छ । उनको एकल नाटक ‘१९५३: द रेस फर द समिट’ले न्यूयोर्क थिएटर फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयन र फ्रिगिड न्यूयोर्क थिएटर फेस्टिभलमा उत्कृष्ट नाटक लेखकको मनोनयन प्राप्त गरेको थियो ।

Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu