‘एक्टर: टेक वन’ शुक्रवारदेखि प्रदर्शनमा आउने



काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ भोलिबाट प्रदर्शनमा आउने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले शुक्रवारदेखि प्रदर्शनमा आउने जानकारी दिएको छ । डीसीएनले हललाई इमेलमार्फत भोलिको लागि शो तय गर्न आग्रह गरेको छ ।

यस्तै, चलचित्र विकास बोर्डले नेपाल चलचित्र सङ्घलाई पत्र लेख्दै शुक्रवारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ ।  नेपाल चलचित्र सङ्घले सबै हललाई पत्राचार गरी शुक्रवारदेखि शो खुलाउन आग्रह गरेको छ । चलचित्र हलले बिहानैदेखि शो खुलाएका छन् । 

नाम मिलेको विवादको विषयलाई लिएर ‘एक्टर’ र ‘एक्टर: टेक वन’ चलचित्रका निर्माताबीच बिहीबार भएको सहमतिपछि ‘एक्टर: टेक वन’ निर्माताले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि रिलिज हुने जनाएका थिए । 

यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu