देशभर रिलिज भयो ‘मिसिङ: केटी हराएको सूचना’



काठमाडौं – नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर नेपाली चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ रिलिज भएको छ । देशभर रिलिज भएको यो चलचित्रलाई ‘उजेली’ फेम्ड निर्देशक दीपेन्द्र गौचन निर्देशन गरेका हुन् ।

रिलिजको दुई दिन अघि बुधवार यो चलचित्रको काठमाडौंमा प्रिमियर शो आयोजना गरिएको थियो । यसले प्रिमियर शोबाट कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको प्रशंसा प्राप्त गरेको छ । यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँपन ल्याएको प्रतिक्रिया छन् ।

यस चलचित्रका निर्देशक गौचनले यसअघि चर्चित डकु–ड्रामा ‘उजेली’ तथा ‘हाम्रो मुमिन’को निर्देशन गरेका थिए। यस चलचित्रले पहाडी–मधेसीबीचको मेलमिलापको प्रयासलाई कथा बनाएको छ, जहाँ नाजिर ‘राम’ र सृष्टि ‘सीता’को भूमिकामा देखिन्छन् ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेष भूमिकामा अमितेष शाह देखिएका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यस चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन सह-कार्यकारी निर्माताको रूपमा छन् । चलचित्रको कथा, लेखन र निर्देशन दीपेन्द्र गौचनले गरेका छन् भने अमित पोखरेल र अमितेष शाह सहायक लेखकको रूपमा छन् ।

चलचित्रका प्रमुख प्राविधिक टिममा अमर महर्जनको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, र दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको सङ्गीत रहेको छ । गीतमा सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीले स्वर दिएका छन् । राजीव कर्णको कोरियोग्राफी र काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम डिजाइन तथा अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu