काठमाडौं – आगामी माघ २५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । यो गीतले बालविवाहपछि एक युवतीले भोग्नुपरेका पीडा र सङ्घर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ ।
गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द तथा रमेश सेन्चुरीको सङ्गीतले विशेष आकर्षण थपेको छ । भिडियोमा चलचित्रकी मुख्य पात्र अस्मिता ढकालसहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्माता दीपकप्रसाद घिमिरेले यस चलचित्रमार्फत नेपाली समाजमा व्याप्त बालविवाह र महिला हिंसाका विकृतिलाई उजागर गर्ने उद्देश्य राखिएको बताएका छन् । निर्देशक जीवन सेन्चुरीले ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र भएको उल्लेख गर्दै यसले नेपाली समाजका विभिन्न कुप्रथाहरूलाई सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।
गीतको भिडियोमा बालविवाहपछि एक युवतीले श्रीमान् र सासूबाट पाउने यातनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । अस्मिता ढकालको अभिनयले यस कथामा थप जीवन्तता प्रदान गरेको छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेत, कमल बोहरा र खगेन्द्र न्यौपानेजस्ता कलाकारहरूको अभिनय रहेको छ ।
गीत: