काठमाडौं – नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने नयाँ चलचित्र ‘कोशेढुंगा’को लागि प्रमुख कलाकारको लाइनअप पुरा भएको बताइएको छ । यस चलचित्रमा अभिनेताहरू आर्यन सिग्देल र प्रवीण खतिवडा तथा अभिनेत्रीहरू सुरक्षा पन्त र नीति शाहले प्रमुख भूमिका निभाउनेछन् ।
अभाव, अग्लो सपना र सङ्घर्षको कथामा बन्ने ‘कोशेढुंगा’का निर्देशक पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ जसरी नै यो चलचित्र पनि दर्शकको रोजाइमा पर्ने विश्वास लिएका छन् । फागुन २ गतेदेखि छायाङ्कनमा निस्किने यो चलचित्र २०८२ सालमा रिलिज हुने लक्ष्य राखिएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।