काठमाडौं – रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘माइतीघर’मा चर्चित कलाकारहरूको उपस्थिति रहने भएको छ । पछिल्लो क्रममा धिरज मगर चलचित्रमा अनुबन्धित भएसँगै चलचित्रमा कलाकारहरूको लाइनअप पुरा भएको छ । यसमा केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, दिकिला शेर्पा र बुद्धि तामाङ जस्ता कलाकारहरूको अभिनय रहने भएको छ ।
यो चलचित्र आगामी फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको छ । मिलन तामाङको निर्देशनमा बन्न लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको संवाद छ। फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।
आफ्नो भूमिकाबारे धिरज मगरले भने, “यो चलचित्रमा काम गर्न पाउँदा म निकै उत्साहित छु । मेरो भूमिका निकै चुनौतीपूर्ण छ र मलाई लाग्छ कि दर्शकले मेरो यो नयाँ अवतारलाई मन पराउनुहुनेछ ।”
त्यस्तै, केदार घिमिरे र प्रकाश सपुतले पनि यो चलचित्रमा काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।