काठमाडौं – शुक्रवार रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको लागि देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले बुकिङ खुल्ला गरेको हो ।
क्यूएफएक्सले काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० वटा शो राखेको छ । उपत्यकाका भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेप्लेक्स, लबिम मल र राइजिङ मल लगायतका सिनेमा हलहरूमा फिल्मका लागि टिकट बुकिङ खुलेको छ । यसै गरी, उपत्यका बाहिर विराटनगर, बुटवल, नेपालगन्ज, नारायणगढ, जलजला, बिर्तामोड, दमौली, इटहरी, वीरगन्ज र पोखरा लगायतका सहरहरूमा पनि फिल्म प्रदर्शन भइरहेको छ ।
दीपेन्द्र गौचन निर्देशित यस चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । कथा, पटकथा र संवाद पनि दीपेन्द्र गौचनकै रहेको छ ।