काठमाडौं – नेपाली चलचित्रमा नयाँ प्रयोगको रूपमा रहेको साइन्स फिक्सन चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विजय लामालाई वृद्धको भूमिकामा देखाइएको छ । लामाले निभाएको पात्रको नाम भिस्म रहेको छ भने उनको परिचय ‘इन्ट्रोड्युसिङ मुटु’ भनेर दिइएको छ ।
लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीले ‘एक्लो’लाई हलिउड स्तरको बनाउने लक्ष्य लिएका छन् । हाल यस चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा भइरहेको छ ।
‘एक्लो’मा प्रदीप खड्का, बेलायती अभिनेता जेमी बेकन, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी, श्रीशेष श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।