काठमाडौं – चर्चित नेपाली गायिका मेलिना राईले शुक्रवार प्रेमी ध्रुव गुरुङसँग विवाह गरेकी छन् । गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा भएको यस भव्य समारोहमा परिवार, आफन्त र निकट साथीभाइको उपस्थिति रहेको थियो ।
दिउँसो १ बजेदेखि सुरु भएको विवाह समारोह अपराह्न ५ बजेसम्म चलेको थियो । बेलायती सेनामा कार्यरत गोर्खा सैनिक ध्रुव गुरुङको घर इलाममा रहेको बताइएको छ ।
मेलिना र ध्रुव केही समयदेखि प्रेम सम्बन्धमा थिए । बुधवार मात्रै उनीहरूले इन्गेजमेन्ट गरेका थिए । ध्रुवले आफ्नो इन्स्टाग्राममार्फत यस खुसीको खबर सबैसँग साझा गरेका थिए ।