काठमाडौं – बाल मनोविज्ञान र बाल अधिकारलाई केन्द्रमा राखेर बनेको चलचित्र ‘सारङ्ग’ को नयाँ गीत ‘तिमी नै हौ’ सार्वजनिक भएको छ । दुई बाल कलाकार आदित्य कार्की र सम्राट थापाबीचको मित्रता र भावनालाई गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतमा सुमन सिङ्गलको शब्द र शङ्कर थापा स्माइलको सङ्गीत छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । केही दिनअघि सार्वजनिक टिजरले दर्शकको मन जितिसकेको अवस्थामा ‘तिमी नै हौ’ गीतले फिल्मप्रतिको अपेक्षा बढेको छ ।
निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रले धनी–गरिब परिवारबीचको खाडल र बालबालिकाको मनोविज्ञानलाई यथार्थपरक ढङ्गले चित्रण गर्दछ । यसमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षितलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र माघ २५ गते रिलिज हुँदैछ ।
गीत: