चलचित्र ‘जुना’ टिजरले देखायो बालविवाहको निर्मम व्यथा



काठमाडौं – बालविवाह र महिला हिंसाका विरुद्धको आवाजलाई बलियो बनाउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । यही माघ २५ गते रिलिज हुने यस चलचित्रले समाजमा व्याप्त विकृतिहरूलाई पर्दामा उतारेर दर्शकलाई झकझकाउने अपेक्षा गरिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन जीवन सेन्चुरीले गरेका हुन् । चलचित्रको टिजरमा प्रमुख कलाकार अस्मिता ढकालको पीडाले भरिएको अभिनयले दर्शकलाई भावुक बनाएको छ । अनमेल विवाहको पीडाले एउटी नारीको जीवन कसरी तहसनहस पार्न सक्छ भन्ने कुरा टिजरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

निर्देशक सेन्चुरीका अनुसार, चलचित्रले बालविवाहलाई सामाजिक अपराधको रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि सबैलाई प्रेरित गर्नेछ । उनले भने, “नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह जस्ता विकृतिहरूलाई यस चलचित्रले पर्दामा उतारेको छ । यसले नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न मद्दत पुर्‍याउनेछ ।”

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेजस्ता अनुभवी कलाकारहरूको अभिनय रहेको छ ।

पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको यस चलचित्रले नेपालको प्राकृतिक सौन्दर्यलाई पनि प्रस्तुत गरेको छ । दीपकप्रसाद घिमिरेको लगानी रहेको यस चलचित्रलाई राजबहादुर सानेले लेखेका हुन् भने बीबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत रहेको छ ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu