नेपालमा विदेशी चलचित्र छायाङ्कनलाई सहज बनाउन एकद्वार नीतिबारे छलफल



काठमाडौं – नेपालमा विदेशी चलचित्रको छायाङ्कनलाई थप सहज बनाउन सरकारले एकद्वार नीति लागू गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । चलचित्र विकास बोर्डमा हालै सम्पन्न एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल समक्ष विदेशी फिल्मका नेपाली व्यवस्थापकहरूले आफ्ना अप्ठ्याराहरू प्रस्तुत गर्दै एकद्वार नीतिको माग गरेका हुन् ।

व्यवस्थापकहरूले ड्रोनको लाइसेन्स लगायतका प्रक्रिया पनि बोर्डबाटै गर्न सकिने सुझाव दिएका थिए । विभिन्न सरकारी निकाय धाउनुपर्ने, झन्झटिलो प्रक्रिया र शुल्कका कारण समस्या भोगिरहेको गुनासो आएसँगै यस विषयमा सरकार गम्भीर रहेको छलफलमा सचिव अर्यालले बताइन् । अर्यालले चलचित्र विकास बोर्डको एकद्वार नीतिमार्फत यी सबै समस्या समाधान गर्न सकिने बताइन् ।

पछिल्ला समय नेपालमा विदेशी कथानक, वेब सिरिज र डकुमेन्ट्री चलचित्रको छायाङ्कन सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu