काठमाडौं – समर निरौलाको निर्देशनमा बनेको फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसमा अभिनेत्री प्रियङ्का कार्की डरलाग्दो वातावरणमा देखिएकी छन् । उनको छेउमा रहेको कालो बिरालोले चलचित्रको रहस्यमय पक्षलाई झल्काएको छ ।
पुरानो घरको अगाडि उभिएकी प्रियङ्का र भित्तामा फुटेको फोटो फ्रेमले चलचित्रको कथावस्तु झनै रोचक बनाएको छ । यसले घरमा केही अज्ञात शक्ति रहेको सङ्केत गर्दछ । यो पोस्टरले दर्शकमा फिल्मप्रति ठुलो कौतुहलता पैदा गरेको छ ।
हरर फ्यामिली ड्रामा जनरामा बनेको यस चलचित्रमा प्रियङ्का कार्कीसँगै दिया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।