चलचित्र विकास बोर्डद्वारा नेपाल र चीनबीच फिल्म क्षेत्रमा सहकार्य बढाउन छलफल



काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ फिल्मकर्मीको टोली र चलचित्र विकास बोर्डबीच बिहीबार भएको भेटवार्तामा दुई देशबीचको फिल्म क्षेत्रमा सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ नेतृत्वको टोलीबीच बोर्डमा भएको भेटमा नेपाली फिल्मलाई चीन र चिनियाँ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने सम्भावना, संयुक्त लगानीमा फिल्म निर्माण गर्ने र नेपाली फिल्मकर्मीलाई प्रविधि हस्तान्तरण गर्ने विषयमा छलफल भएको थियो ।

चिनियाँ फिल्म निर्माता कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपाध्यक्ष ओबेन यङले नेपाली फिल्मलाई हङकङ फिल्म मार्टमा प्रस्तुत गर्ने प्रस्ताव राखेका छन् । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दुवै पक्षले दुई मुलुकबीचको सांस्कृतिक आदानप्रदानलाई बलियो बनाउने विषयमा पनि जोड दिएका छन् । चिनियाँ पक्षले नेपालले प्रस्तुत गरेका एजेन्डा कार्यान्वयनको लागि चिनियाँ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

यसअघि बिहीबार नै क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजित ‘चिनियाँ फिल्म दिवस’मा चिनियाँ फिल्मकर्मीहरूले नेपाली दर्शकसँग अन्तरक्रिया गरेका थिए । यस कार्यक्रमले दुई देशबीचको चलचित्र क्षेत्रमा सहकार्यको नयाँ ढोका खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu