फेसन र चलचित्रको सहकार्य: ‘कुस्ती’मा आइआइएफटीको पोसाक



काठमाडौं – फेसन र चलचित्रको सहकार्यको प्रयास स्वरूप कलाकार बुद्धि तामाङको निर्माण रहने नेपाली चलचित्र ‘कुस्ती’मा आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका पोसाक प्रयोग गरिने भएको छ । २४ जना विद्यार्थीले चलचित्रका मुख्य कलाकार धिरज मगर र मिरुना मगरका लागि विशेष पोसाक डिजाइन गर्ने जिम्मेवारी लिएका छन् ।

आइआइएफटीका प्रमुख सन्नी सुब्बाका अनुसार यो सहकार्यले फेसन र डिजाइनलाई चलचित्रसँग जोड्ने एउटा नयाँ ढोका खोलेको छ । उनी भन्छन्, “हामीले फेसन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यस पटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले चलचित्रमा कलाकारले प्रयोग गर्ने पोसाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।”

धिरज र मिरुना आइआइएफटीका विद्यार्थीहरूसँगको सहकार्यबाट उत्साहित छन् । उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोसाक ट्रायल पनि गरिसकेका छन् ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको यो चलचित्र आउँदो फागुन पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu