इजाजत दिएर रोक लगाएकोमा १२ नेपाली एक चिहानको आश्चर्य



12-nepali-ek-chihan

ठुलोपर्दा डटकम, काठमाडौं ।
हाम्रो चलचित्रमा कहिं कतै पनि राजनीतिक, सामाजिक, धार्मिक अनि साम्प्रदायिकतालाई असर पुर्याउने दृश्य तथा संवाद समावेश छैन र पीडित परिवारका सदस्यहरुलाई कथा सुनाएर स्विकृतीपछी मात्रै चलचित्र निर्माण गरेका हौं’, यो भनाई हो सेन्सर वोर्डमा जाँचपासको लागी नै रोक लगाईएको चलचित्र ‘१२ नेपाली एक चिहान’ निर्देशक अरुण प्रधानको ।

२०६१ सालमा बन्धक बनाई ईराकमा मारिएका १२ नेपालीको कहानीलाई समेटेर निर्माण यो चलचित्रलाई पीडित परिवारको आग्रह भन्दै सञ्चार मन्त्रालयले सेन्सरमा नै जान नदिएपछी फसादमा परेका निर्देशक प्रधानले आफुहरु गलत नभएको र सेन्सरमा रोक्नुपर्ने कुनै कारण नभएको भन्दै निर्णय तत्काल फिर्ता नलिए अदालतको ढोकासम्म पुग्ने समेत बताए ।

वुधवार राजधानीमा एक कार्यक्रम गरी यो चलचित्रको निर्माण टिमले पत्रकार तथा अन्य चलचित्रकर्मीमाझ सेन्सरको रोक प्रतीको आफ्नो धारणा प्रष्ट पारेको हो । सामाजिक सन्देशमुलक भन्दै स्कृप्ट पढेपछी चलचित्र निर्माणको लागी इजाजत दिनेहरुले नै अहिले चलचित्र सेन्सरमा रोक लगाएकोमा आश्चर्य लागेको निर्देशक प्रधानले बताए । ‘केहिदिन मन्त्रालयको धआरणा पर्खीन्छौं त्यो पनि नभए अदालतसम्म पुग्नुको विकल्प छैन’ प्रधानले भने ।

पीडित परिवारसँग स्वीकृति लिएर नै चलचित्र बनाएको त त्यसमा पनि हेर्दै नहेरी चलचित्रको सेन्सरमा नै प्रतिबन्ध लगाउनु जायज नभएको निर्माण युनिटको कथन छ । निर्माण टिमले यसबारेमा सञ्चार मन्त्रालयदेखी चलचित्र निर्माता संघ, निर्देशक समाज, चलचित्र पत्रकार संघ लगायतका निकायमा समेतजानकारीको लागी ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

यसअघी हङकङमा प्रिमियर समेत गरिसेको यो चलचित्रको विषयमा नै पीडित परावरका सदस्यहरुले अमेरिकाको एक अदालतमा मुद्दा दायर गरेकोले त्यस उपर कुनै निर्णय नहुन्जेल चलचित्रको सेन्सर हुन नसक्ने भन्दै नेपाल सरकारको आग्रहमा यो चलचित्रको सेन्सर रोकिएको हो ।

यो चलचित्रमा राजन खतिवडा, रविन्द्र झा, विक्रम सिंह, जतिन ताम्राकार, उत्तम जंग लिम्बु, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ती, सुशील थापा मगरलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu