काठमाडौं – आगामी माघ २५ गते रिलिज हुने नेपाली हरर चलचित्र ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार आयोजित एक विशेष कार्यक्रममा यो गीत रिलिज गरेको हो ।
समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वरमा रहेको यो गीतलाई हर्क साउदले लेखेका हुन् भने सङ्गीत एसडी योगीको रहेको छ । विक्रम स्वारको कोरियोग्राफीमा तयार पारिएको यो गीतको भिडियोमा मुख्य कलाकार दिया मास्के र प्रियङ्का कार्कीको रोमाञ्चक नृत्य रहेको छ । गीतको भिडियोले चलचित्रको कथावस्तुको झलक दिएको छ ।
‘ममी’मा दिया र प्रियङ्कासँगै सुलक्षण भारती, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ र घनश्याम जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ । पूर्णिमा जोशी र समर निरौलाको लेखन र समर निरौलाकै निर्देशनमा बनेको यो चलचित्र लोकराज जोशी र पूर्णिमा जोशीको संयुक्त लगानीमा तयार भएको हो । सुमन कोइराला यस चलचित्रका कार्यकारी निर्माता हुन् । निशाल पौडेल र शरद महतोले चलचित्रको छायाङ्कन गरेका छन् भने सुरेन महर्जनले सम्पादन गरेका छन् ।
भिडियो: