पोखरामा चलचित्र पर्यटन महोत्सव: पर्यटनको राजधानीलाई प्राकृतिक स्टुडियोका रूपमा प्रवर्द्धन गरिने



पोखरा – नेपालको पर्यटकीय राजधानी मानिने कास्कीको पोखरामा फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा हुने यस महोत्सवले पोखरालाई चलचित्र छायाङ्कनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको आयोजनाबाट पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । “पहिलो पटक ठूलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गर्नेछ । हामी सम्पूर्ण कलाकार तथा स्रष्टाहरूलाई पोखरामा हार्दिक स्वागत गर्दछौँ,” प्रमुख आचार्यले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग भएको छलफलमा महोत्सवमा विभिन्न रोचक कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको छ । महोत्सवमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, पुरस्कार वितरण लगायतका कार्यक्रमहरू हुनेछन् ।

यो महोत्सवमा चलचित्र विकास बोर्डसँगै पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवर्द्धकको रूपमा रहेका छन् । यसै गरी, चलचित्र पत्रकार सङ्घ नेपाल – कास्की शाखा, पोखरा पर्यटन परिषद् लगायतका स्थानीय सङ्घसंस्थाहरूले पनि सह-आयोजकको भूमिका निर्वाह गर्नेछन् ।

पोखराको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र पर्यटकीय पूर्वाधारले यसलाई चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्य बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu