कमल खत्री र मेलिना मैनाली आमाबाबु बन्दै, सार्वजनिक गरे ‘प्रेग्नेन्सी स्टोरी’ गीत



काठमाडौं – चर्चित सङ्गीतकार जोडी कमल खत्री र मेलिना मैनालीले आफ्नो जीवनको नयाँ अध्याय थप्दैछन् । उनीहरू छिट्टै आमाबाबु बन्न लागेको खुसीको खबर सार्वजनिक गरेका छन् । यस खुसीको अवसरमा जोडीले आफ्नै स्वरमा ‘प्रेग्नेन्सी स्टोरी’ रहेको गीत पनि सार्वजनिक गरेका छन् ।

कमलले सामाजिक सञ्जालमा लेखेका छन्, “जीवनका अनेक खुसीका पलमध्ये एउटा खुसीको पल थपिँदै छ । छिट्टै नै हामी हाम्रो बच्चाको आमाबाबु बन्न लागेको खबर यहाँहरूलाई सुनाउन पाउँदा हामी धेरै खुसी छौँ । यहाँहरूको माया, आशीर्वाद रहिरहने अपेक्षा गर्दछौँ ।”

मेलिनाले पनि आफ्नो खुसी साट्दै लेखेकी छन्, “एउटा मेरो मुटु धड्किरहेछ, अर्को मेरो बच्चाको मुटु धड्किरहेको छ । तिमीलाई यो संसारमा ल्याउन म निकै नै आतुर छु । अहिले म एउटा आमा बन्ने सुन्दर सौभाग्य अनुभव गरिरहेको छु र यो खुसी हजुरहरूलाई पनि सुनाउँदै छु । यो सहयोगका लागि श्रीमान् कमल खत्रीलाई धन्यवाद ।”

कमल खत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको ‘दिन प्रतिदिन’ गीतमा जोडीलाई बेबी बम्पसहितको भावुक दृश्यमा देख्न सकिन्छ । गीतमा कमलले मेलिनालाई प्रेमपूर्वक स्याहार गरिरहेको दृश्यले भावुक बनाउँछ ।

कमल र मेलिनाले २०७९ असोज १६ गते विवाह गरेका थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चित भएकी हुन् । विवाहपछि पनि दुवैले आफ्नो सङ्गीत करियरलाई निरन्तरता दिइरहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu