तराईको कथा बोल्ने चलचित्र ‘केटी हराएको सूचना’को गीत ‘सपनी’मा सार्वजनिक



काठमाडौं – आगामी माघ ११ गते रिलिज हुने नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भटको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा शुक्रवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको यो गीतमा कलाकार द्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । 

गीतकार करुण थापाको शब्द र सङ्गीत रहेको ‘सपनीमा’ मा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायिका इन्दिरा जोशीले चलचित्रले तराईको पात्रलाई हिरोको रूपमा स्थापित गराएकोमा खुसी व्यक्त गरिन् भने गायक करण परियारले यो गीतले आफ्नो पार्श्व गायनको सपना पूरा गरेको बताए ।

चलचित्रका निर्देशक दीपेन्द्र गौचनले सङ्गीतप्रतिको आफ्नो लगावका कारण कथा सुहाउँदो गीत तयार पारिएको बताए । ‘मिसिङः केटी हराएको सूचना’ले तराईको जीवन्त पृष्ठभूमिलाई आधार बनाएको छ । यसले पहाडी समुदायको युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलाप बारेको कथा पेस गर्दछ ।

चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठका साथै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu