दिलिप र निखिलको नम्वर १ जोडी जेठ १६ मा सार्वजनिक हुने



Jodi-no-1-poster

चार बर्ष पहिले निर्माण भएर पनि प्रदर्शनमा आउन नसकेको चलचित्र ‘जोडी नं १’ यो हप्ताबाट प्रदर्शनमा आउने भएको छ । वुधवार राजधानीमा एक कार्यक्रम गरी चलचित्र जेठ १६ बाट प्रदर्शनमा आउन लागेको जानकारी गराईयो ।

उदय सुब्बा निर्देशित यो चलचित्रमा दिलिप रायमाझी, निखिल उप्रेती, झरना थापा, अरुणिमा लम्साल, किरण केसी, विल्सन विक्रम राई, निर शाह, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘जोडी नं १’ श्री बिष्णु फिल्मस् प्रा. ली. को व्यानरमा तयार भएको हो ।

युवापुस्ताको आर्थिक अवस्थाको चित्रण गरिएको यो चलचित्र कमेडी जनरामा आधारित रहेको बताईएको छ । चलचित्रमा लगानी भने बिष्णु सुब्बा, किरण कार्की र प्रशान्त खड्काको रहेको छ । यो चलचित्रको कथा सुरजसुब्बा नाल्बोले लेखेका हुन् । चलचित्र ‘जोडी नं १’ महेन्द्र थापाको क्यामेराले खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu