काठमाडौं – नेपाली सङ्गीत क्षेत्रमा एकाएक उदाई चर्चित भएका बाल गायक सचिन परियारको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी परेका सचिनको १३ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनदेखि आइसियुमा उपचाररत सचिनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याले ग्रस्त सचिनको कम्मरमुनिको भाग चल्न छाडेको थियो ।
सचिनले आफ्नो अनौठो स्वरले लाखौँको मन जितेका थिए । उनले गाएका गीतहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ जस्ता गीतहरू उनका चर्चित गीतहरू हुन् ।
सचिनले अभिनेता राजेश हमालसँग म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।