काठमाडौं – नयाँ वर्षको पूर्व सन्ध्यामा क्राइम थ्रिलर चलचित्र ‘११:५५ (डु नट ट्रस्ट एनिवन)’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सँगै चलचित्र आगामी चैत ८ गते रिलिज हुने घोषणा गरिएको छ ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाललाई देख्न सकिन्छ । केशव पाण्डेको निर्देशनमा बनेको यो सिनेमा चलचित्र डेब्यु निर्देशकीय चलचित्र हो । पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले पनि फिल्मको कथा लेखेका छन् ।
फिल्ममा अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोज शर्माको लगानी छ । फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् भने कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले फिल्मलाई वितरण गर्नेछ ।