निशाका लागि सुमन आगोमा जल्ने



suman

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र निर्देशक बसन्त निरौलाले म्युजिक भिडियो निर्देशन गरेका छन् । उनले नायक सुमन सिंह र निशा लामालाई भिडियोमा प्ले गराएका छन् । चपली हाइटमा छायांकन भएको भिडियो गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्बिर’मा समावेश ‘तिमीलाई खुशी मिल्छ’ बोलको गीतको हो ।

Suman-nisha

भिडियोमा सुमनले निशाका लागि आगोमा जल्ने कुरा गरेका छन् । यो गीतको भिडियो एक महिनापछि सार्वजनिक गरिने गायक नेम्वाङ्ले बताए । रोशन लामाको संगीत तथा गायक स्वयंका शब्दमा रहेको यो गीतको भिडियोलाई रामेश्वर कार्कीले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu