कृषि वैज्ञानिक डा. उपाध्यायले ल्याए म्युजिक भिडियो



काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. कालिका प्रसाद उपाध्यायले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कृषि अनुसन्धानमा लामो समयदेखि सक्रिय रहेका डा. उपाध्यायले हालै आफ्नै स्वर र रचनामा रहेको गीत ‘गरौँ न शुभ काम’ सार्वजनिक गरेका हुन् ।

समाजमा बढ्दो नकारात्मकताको बीचमा सकारात्मकता फैलाउने उद्देश्यले तयार पारिएको बताइएको यो गीतमा जीवन र जगतप्रतिको दर्शन झल्किएको छ ।

कृषि अनुसन्धानका साथै साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्ने डा. उपाध्याय विगतदेखि नै विभिन्न साहित्यिक तथा साङ्गीतिक कार्यक्रममा सक्रिय रहँदै आएका छन् । उनले कृषि सम्बन्धी दर्जनौँ अनुसन्धान पत्र प्रकाशित गरेका छन् भने कृषि, साहित्य र संस्कृतिसँग सम्बन्धित विभिन्न पुस्तकहरू पनि लेखेका छन् ।

विगतमा पनि विभिन्न साङ्गीतिक प्रतियोगिताहरूमा भाग लिई पुरस्कृत भइसकेका डा. उपाध्यायले व्यस्तताका कारण केही समयका लागि सङ्गीतबाट टाढा रहेका थिए ।

‘गरौँ न शुभ काम’ गीतले समाजमा व्याप्त अनास्था, घृणा र निन्दाका भावनालाई त्यागेर सकारात्मक सोच र कार्यमा लाग्न प्रेरित गर्दछ । गीतमा डा. उपाध्यायले जीवनका विभिन्न पक्षहरूलाई आफ्नै अनुभवका आधारमा प्रस्तुत गरेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu