काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा नयाँ डरलाग्दो (हरर) कथा बोकेर ‘ममी’ चलचित्र आउने भएको छ । परिवारको प्रिय कुकुरको निधनपछि घरमा पालिएको कालो बिरालोले ल्याएको अशान्ति र त्यसले निम्त्याएको विपत्तिले भरिएको यो चलचित्रले दर्शकलाई रोमाञ्चक अनुभव दिने विश्वास गरिएको छ ।
यो चलचित्रको आइतबार टिजर रिलिज भएको छ । टिजरले चलचित्रको कथावस्तुको झलक दिँदै दर्शकलाई उत्सुक बनाउने प्रयास गरेको छ । माघ २५ गते रिलिज हुने यस चलचित्रमा प्रियङ्का कार्की, दिया मास्के र सुलक्षण भारती जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
यसको कथा अनुसार परिवारमा अनेकौँ अप्रत्याशित घटनाहरू निम्तिन थालेपछि परिवारमा तनाव बढ्दै जान्छ र अन्ततः छोरीको दुःखद निधन हुन्छ । आफ्नो शोकलाई भुल्न नसकेकी आमा आफ्नो श्रीमानसँगै एकान्त फार्म हाउसमा जान्छिन् । त्यहाँ पुगेर उनी आफ्नो अतीत सम्झन्छिन् र केही डरलाग्दा रहस्यहरू पत्ता लगाउँछिन् ।
टिजर हेर्नुहोस्ः