काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा एक नयाँ कीर्तिमान स्थापित गरेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इन्टरनेट मुभी डेटाबेस (IMDb) ले सार्वजनिक गरेको ताजा सूचीअनुसार, २०२४ मा सबैभन्दा लोकप्रिय नेपाली चलचित्र बनेको छ ।
विश्वभरका चलचित्र प्रेमीहरूको रुचिको मापदण्ड मानिने IMDb ले पेज भिजिटर र दर्शकहरूले दिएको रेटिङलाई आधार बनाएर यो सूची तयार पार्ने गर्दछ । यस वर्ष, ‘पूर्ण बहादुरको सारङ्गी’ ले १० मा ८.६ को उत्कृष्ट रेटिङ प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो । यो चलचित्रले घरेलु बक्स अफिसमा करिब ५० करोड र विश्वभर ७० करोड माथिको ग्रस कलेक्सन गरेको छ । नेपालका विभिन्न ३८ हलहरूमा ५१ दिन मनाएको यो चलचित्र हाल केही हलहरूमा प्रदर्शनरत छ ।
यस्तो छ शीर्ष १० नेपाली चलचित्रको सूची:
१. पूर्णबहादुरको सारङ्गी
२. शाम्बाला
३. बेहुली फ्रम मेघौली
४. १२ गाउँ
५. बोक्सीको घर
६. खुस्मा
७. छक्का पञ्जा ५
८. पूजा, सर
९. घर ज्वाइँ
१०. पुजार सार्की
यसैबीच, हलिउडमा ‘डेडपुल एण्ड वुल्भरिन’ ले सबैभन्दा लोकप्रिय चलचित्र बनेको छ भने बलिउडमा प्रभास स्टारर ‘कल्की २८९८ एडी’ र ‘स्त्री २’ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।