काठमाडौं – सेलिब्रेटीहरू प्रायः क्यामेरा, मञ्च, र प्रशंसकहरूको नजरमा रहने भएकाले उनीहरूको प्रस्तुति मात्र होइन, व्यक्तित्व पनि आकर्षक र आत्मविश्वासी देखिनु महत्त्वपूर्ण हुन्छ । यसमा ब्युटी केयरको भूमिका अतुलनीय छ । सेलिब्रेटीको सुन्दरता मात्र फेसनका लागि होइन, उनीहरूको कामको आवश्यकतासँग पनि गाँसिएको हुन्छ । रश्मिलाज फेसियल हाउस, नेपाली सेलिब्रेटीहरूको मन पर्ने गन्तव्य हो। यो संस्थाले बुधवार आफ्नो १७ औँ वार्षिकोत्सव साथ मनाएको छ ।
यस अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यक्रम गर्दै उत्सव मनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै काठमाडौँको गोङ्गबु आवास क्षेत्रमा रहेको मानव सेवा आश्रमका ५३ जना ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा, मिष्टान्न भोजन र आर्थिक सहयोग प्रदान गरेको छ ।
त्यसै गरी, कम्पनीले सामाखुसीको बिजी बैङ्क्वेटमाआयोजित एक विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्मानित गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको यस कार्यक्रममा लामो समयदेखि कम्पनीलाई सेवा गरेका कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रश्मिलाज फेसियल हाउसले नेपाली सौन्दर्य क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाएको बताए । उनले गुणस्तरीय सेवाका कारण नै यो फेसियल हाउस सबैको रोजाइमा परेको बताए ।
रश्मिलाज फेसियल हाउसले फेसियल, स्किन मेन्टेनन्स, हाइड्रा फेसियल, हाइफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोललगायतका विभिन्न सौन्दर्य सेवा प्रदान गर्दै आएको छ। यसका साथै कम्पनीले ब्युटिसियन सम्बन्धी प्रशिक्षण पनि प्रदान गर्दै आएको छ ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले कम्पनीले अब सौन्दर्यका लागि नेपाली उत्पादन पनि गर्ने जानकारी गराइन् । यो संस्थाका काठमाडौंको काठमाडौं मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलमा शाखाहरू रहेका छन् ।
फोटोः बद्री थापा