![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/12/Sonu-nigam-concert-mahanagar.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं – काठमाडौं महानगरपालिकाले बौद्ध ह्यात ग्राउन्डमा बुधवार साँझ आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्डहरू हटाएको छ । भारतीय गायक सोनु निगमको प्रस्तुति रहने यस कन्सर्टमा १ सय ५० वटा अनधिकृत मदिरा विज्ञापन बोर्डहरू फेला परेको र महानगर प्रहरीको विशेष टोलीले ति सबै हटाएको बताइएको छ ।
महानगरपालिकाले मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने आफ्नो नीतिअनुसार यी बोर्डहरू हटाएको जनाएको छ ।
भारतीय गायक सोनु निगम यही कन्सर्टमा सहभागी हुन बुधवार दिउसो काठमाडौं आएका छन् ।