काठमाडौं – चर्चित टेलिचलचित्र ‘सक्किगो नी’का कलाकारहरूको अभिनय रहेको चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय रिलिज अधिकारी बिक्री भएको छ । आगामी फागुन १४ गते नेपालमा रिलिज हुने यो चलचित्रको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेशनलले खरिद गरेको हो ।
टेलिचलचित्रमा ‘जिग्री ब्रो’ नामले परिचित कुमार कट्टेलद्वारा निर्देशित यो चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै ‘सक्किगो नी’ टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।
नवीन श्रेष्ठ निर्माता रहेको यस चलचित्रमा राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सुदीप बराल चलचित्रका छायाकार हुन् ।