काठमाडौं – चर्चित सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना र मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीतमा सजिएको नयाँ गीत ‘हाँसिराख माया’ सार्वजनिक भएको छ । गीतमा गायिका मोनिका राईको स्वर रहेको छ ।
गीतको भिडियोमा गायिका मोनिका राई आफैँ फिचर्ड छिन् । युवराज वाइबाको निर्देशनमा तयार भएको यो भिडियोमा निशल पौडेलको छायाङ्कन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।
नयाँ प्रतिभालाई अवसर दिने सङ्गीतकारका रूपमा परिचित सुनिल मास्के र शब्द रचनामा आफ्नो छुट्टै पहिचान बनाएका नरेश भट्टराईको यो नयाँ सहकार्यले नेपाली सङ्गीत प्रेमीहरूलाई मन पर्ने विश्वास लिइएको छ । यसअघि पनि दर्जनौँ सफल गीतमा सहकार्य गरिसकेका नरेश र सुनिलको यो जोडीले नेपाली सङ्गीत क्षेत्रमा नयाँपन दिन्छ ।
गीत: