‘सार्क फिल्म फेस्टिभल’मा उत्कृष्ट बनिन् गरिमा



jhola- grima panta

ठुलोपर्दा डटकम, काठमाडौं ।
नायिका गरिमा पन्तले ‘सार्क फिल्म फेस्टिभल’मा चलचित्र ‘झोला’ बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । श्रीलंका को कोलम्वोमा सम्पन्न ‘सार्क फिल्म फेष्टिभल २०१४’ मा प्रद्रशन गरिएका बिभिन्न देशका चलचित्रहरुलाई पछी पार्दै गरिमा उत्कृष्ट नायिका बन्न सफल भईन् ।

मे २० देखि मे २५ सम्मश्रीलंकाको कोलम्बोमा आयोजना भएको उक्त फेस्टिभलमा झोलालाई मे २४ मा देखाईएको थियो । यो सँगै सय बर्ष पुरानो सतिप्रथाको कथालाई जोडेर तयार ऐतिहासिक नेपाली चलचित्र ‘झोला’ ले नेपाली दर्शक र समिक्षकहरुको मन जितेको मात्र नभई विदेशी दर्शक अनि समिक्षकको नजरमा पनि आफु अब्बल भएको प्रमाणित गरेको छ । चलचित्रमा गरिमा पन्तसँगै दिपक क्षेत्री, देशभक्त खनाल, लक्ष्मी गिरी, सुजलनेपाल आदिको अभिनय रहेको छ ।

फेस्टिभलमा सहभागी हुन चलचित्रका निर्देशक यादवकुमार भट्टराई कोलम्बो पुगेका थिए । साहित्यकार कृष्ण धाराबासीको कथामा आधारित यो चलचित्रलाई उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा राज तिमल्सिना, मालती शाह, रामगोपाल थापा र सुशिल शाहले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu