सर्वनाम थिएटरमा ‘पत्थरको कथा’



काठमाडौं – सर्वनाम थिएटरमा शुक्रवारदेखि दुई दिनको लागि नाटक ‘पत्थरको कथा’ मञ्चन सुरु भएको छ । विजय मल्लद्वारा लिखित यस नाटकले आध्यात्मिकताको आवरणमा समाजका घाउलाई खोतल्दै शोषक र शोषितबीचको द्वन्द्वलाई उजागर गरेको छ ।

परिकल्पनाकार तथा निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्रद्वारा निर्देशित यो एकाङ्कीले २००७ सालको जनक्रान्तिपछि नेपाली समाजले लिएको रूप र राजनीतिक असन्तोषलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । नाटकमा मदन श्रेष्ठ, श्रीजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती, सोम नेपालीलगायतका कलाकारले जीवन्त अभिनय गरेका छन् ।

‘पत्थरको कथा’ ले स्वैरकल्पनाको माध्यमबाट समाजका विविध पक्षलाई उजागर गरेको छ । राजनीतिक परिवर्तनपछि पनि जनताले भोग्नुपरेका समस्या, सत्ताको दुरुपयोग, अन्याय र अत्याचारजस्ता विषयवस्तुलाई नाटकले मार्मिक ढङ्गले चित्रण गरेको छ ।

नाटक शुक्रवार र शनिवार दिउसो १ र ४ बजे मञ्चन हुनेछ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu