मण्डलामा ‘हरि हजुरबा’



काठमाडौं – थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि अभिनेता नाजिर हुसेनको लेखन तथा निर्देशनमा तयार पारिएको नाटक ‘हरि हजुरबा’ मञ्चन हुन थालेको छ । करिब १० वर्षपछि मञ्चमा फर्किएका नाजिरको यो नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई मार्मिक ढङ्गले चित्रण गरेको छ ।

नाटकमा चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा प्रस्तुत गरिएको छ । कविताबाट प्रेरित यस नाटकमा नाजिरसँगै अभिनेता विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहेको छ ।

नाटक ‘मितज्यू’ पछि मञ्चमा फर्किएका विजय बरालसहितको यो कलाकार टोलीले दर्शकलाई भावुक बनाउने विश्वास व्यक्त गरेको छ । नाटकले द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयास गरेको र यसले दर्शकलाई गहिरो अनुभूति दिलाउने नाटकको टिमको दाबी छ ।

नाटक ‘हरि हजुरबा’ पुस २८ गतेसम्म सोमबारबाहेक दैनिक मञ्चन हुनेछ । शनिवार भने दिउँसो १ बजे र साँझ ५:१५ बजे दुई शो हुनेछ । यो नाटकका निर्मातामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ रहेका छन् ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu