चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा आयोजना हुने, चलचित्र दर्ता खुला



काठमाडौं – नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाखमा आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रमा नेपाली सिनेमाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित यस महोत्सवले नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्राथमिकता दिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जनाए ।

साङ्केतिक तस्बिर ।

सापकोटाका अनुसार, ग्रामीण परिवेशमा निर्माण गरिएका चलचित्रहरूलाई महोत्सवमा विशेष प्राथमिकता दिइनेछ । “आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने नाराका साथ आयोजना हुने यस महोत्सवमा डकुमेन्ट्री, लघु चलचित्र, फिचर चलचित्र र विभिन्न भासाभासीका चलचित्रहरूलाई समावेश गरिनेछ ।

महोत्सवका लागि चलचित्र दर्ता खुला गरिएको छ । छनोट भएका चलचित्रहरूलाई अत्याधुनिक प्रविधिमा प्रदर्शन गरिनेछ र उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

गोरखाको लाप्राकबाट सुरु भएको यो महोत्सव काभ्रेको भकुण्डेबेसी र रामेछापमा आयोजना भएको थियो । चौथो संस्करणको महोत्सवको स्थानबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu